बेथितिको ऐना डोल्पा : डोल्पा बदल्ने एउटा मोडलको परिकल्पना
डोल्पा संसारको उन्नत र आकर्षक पर्यटकीय ‘हब’ बन्न सक्छ, खाँचो छ त केवल मिहिन योजना, इच्छाशक्ति र जनताको चाहना बुझ्ने नेतृत्वको !
बिल पेश गर्दा चाहिं स्थानीयको समेत श्रमदान देखाएर पूरै रकम भुक्तानीको लागि पेश गर्नुपर्ने हुन्छ । अनि भुक्तानी ? भुक्तानी भने मौखिक सम्झौता अनुसार निकै थोरै । डोल्पाकै शिक्षा क्षेत्रको यस्तै एउटा उदाहरण हेरौं ।
डोल्पाको कुनै स्थानीय तहमा केही विद्यालयहरूलाई घेराबार लगाउनको लागि २५-२५ लाखको बजेट छुट्याइयो । सबै विद्यालयलाई बराबर बजेट छुट्याउनुबाटै बुझ्न सकिन्छ कि काम अनुसार नभएर मिलेमतोमा पैसा बाँडिएको थियो । सबै विद्यालयले काम गरे र समयमै रु.२५ लाखको भुक्तानी लिए । तर एउटा विद्यालयले भनेको मापदण्डमा काम गर्न सकेन । किनकि उसले छुट्याएको बजेटभन्दा धेरै कम अर्थात् २५ लाख बजेट छुट्याएकोमा १२ लाखमै काम सम्पन्न गरेको थियो । प्राविधिक लगायत सबै स्थानीय नेताहरूले समेत आएर निरीक्षण गर्दा कामको गुणस्तर निकै राम्रो र क्षेत्रफल अरू विद्यालयमा भन्दा निकै बढी थियो । त्यसपछि सो विद्यालयका प्रतिनिधिलाई २५ लाखकै बिल लिएर आउन भनियो । तर त्यसो गर्न विद्यालयका प्रतिनिधिले मानेनन् । विद्यालयले ६ महिनासम्म पनि भुक्तानी पाएन ।