एनपीएलको प्रसारणमा क्यानको हेलचेक्र्याइँ

कार्तिक २७, २०८२

‘स्टार स्पोर्ट्सले एक्सक्लुसिभ लगेको र नेपाली च्यानललाई एक्सक्लुसिभ दिन नमिल्ने भन्यो । यस्तै तेस्रो यो प्रक्रियामा क्यानको निहित स्वार्थ देखियो,’ टीभी टूडेका एमडी विकास लामिछाने भन्छन् ।

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो संस्करणको ब्रोडकास्टिङ राइट्स दिँदा नेपाल क्रिकेट संघ (क्यान) ले हेलचेक्र्याइँ गरेको पाइएको छ । टेलिभिजनलाई मार्केटिङ समय नै नदिई क्यानले विभिन्न प्रकारका हेलचेक्रयाइँ गरेर समय घर्काएको पाइएको हो ।

सामान्यतया : दुई महिना अघि नै आह्वान हुनुपर्ने टेन्डर क्यानले एक साताअघि मात्रै खुलाएको थियो ।