रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी

पुस ३, २०८२

असार २३ गते ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन जोड्ने पुल बगाएपछि पूर्ण रूपमा बन्द भएको रसुवागढी नाकालाई आगामी पुस १० गतेदेखि पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

चीनले बेलिब्रिज निर्माण गरेसँगै नाका खोल्ने प्रक्रिया अघि बढाइएको हो। यद्यपि नाका सञ्चालनको मितिबारे चिनियाँ पक्षबाट औपचारिक सूचना आएको छैन। तर पुस १० अगावै कन्टेनर चालकहरूलाई केरुङ जान अनुमति दिने तयारी भइरहेको बताइएको छ।