लय समात्दै सिटी
म्यानचेस्टर सिटीले ठीक समयमा लय समातेको छ । सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि होडमा आफूलाई बलियो प्रत्याशी बनाएको छ ।
पेप ग्वार्डिओलाको सिटी शीर्षस्थानमा आर्सनलभन्दा २ अंकले मात्र पछाडि छ । खेलमा आर्सनल र सिटी दुवै विजयी रहे । तर दुवैको जितको प्रकृति भने फरक रह्यो । उनाइ एमरीको एस्टन भिल्ला तेस्रो स्थानमा छ, आर्सनल भन्दा ३ अंकले मात्र पछाडि छ । भिल्ला पछिल्ला ११ खेलमध्ये १० मा विजयी छ ।
गत वर्षको एफए कपमा सिटी क्रिस्टल प्यालेसको हातबाट पराजित भएको थियो । यो ग्वार्डिओलाकै लागि भने स्तब्धपूर्ण नतिजा थियो । तर, यही सिटीले त्यही प्यालेसमाथि यसपल्ट ३–० को विजयी नतिजा निकालेको छ । यसले देखाउँछ, सिटी यसपल्ट लिग उपाधिका लागि गम्भीर छ । टोलीले गत सिजन लिभरपुलसँग पकड गुमाएको थियो । फिल फोडेनले एक गोलपछि इर्लिङ हालान्डले दुई गोल गरेका थिए । क्रिसमसको बेला सिटीको खास परीक्षा हुनेछ ।