यू-१९ एसिया कप- लगातार तीन हारसहित टुंगियो नेपालको यात्रा
पुस २, २०८२
काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा नेपालको यात्रा समाप्त भएको छ । नेपालले तीन टेस्ट राष्ट्रसँग प्रतिस्पर्धा गर्दा तीनै पटक फराकिलो हार स्वीकार्यो ।
उमेर समूह क्रिकेटमा नेपालको इतिहास गर्व गर्न लायक छ । नेपालले विश्व क्रिकेटमा आफ्नो सुरुवाती पहिचान बनाएकै उमेर समूहमा टेस्ट राष्ट्रहरूलाई हराएर हो । तर, यस पटकको एसिया कपमा नेपालले कुनै पनि टिमलाई चुनौती पेश गर्न सकेन । नेपालको उमेर समूह क्रिकेट स्तर खस्किँदै छ भन्ने यो प्रतियोगिताले संकेत गरेको छ ।

समग्रमा नेपालले यस प्रतियोगितामा सन्तोष मान्ने कुनै पनि ठाउँ भएन । न ब्याटिङमा न बलिङमा । कुनै पनि नेपाली खेलाडीले छाप छोड्न सकेनन् । नेपाल आफ्नो समूहमा अंकतालिकाको पुछारमा रहेको छ ।