शेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम भने घट्यो ।
मंसिर २९, २०८२
काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ६ दशमलव ७४ अंकले बढेर २,६०१ को विन्दुमा कायम भएको छ । आज १५५ कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४४ करोड माथिको शेयर कारोबार भएको छ ।